काठमाडौं : नेकपाद्वारा भोलि अर्थात फागुन ८ गते आह्वान गरेको नेपाल बन्दको पुर्वसन्ध्यामा सोमबार बेलुका देशका विभिन्न ठाउँहरुमा मशाल जुलस प्रर्दशन गरिएको छ । नेकपाका सर्मथक र शूभचिन्तकहरुले देशका सानाठुला शहर बजारहरुमा जुलुस निकाल्नुका साथै नाराबाजी र माइकिङ समेत गरेका छन् ।

इलामको इलाम बजार, मोरङको विराटनगर, झापाको झापाबजार, दमक, केर्खा, बिर्तामोड, चारपाने र सुरङगा बजार र मेची नपामा मशाल जुलुस प्रर्दशन भएको छ । यसैगरी महोत्तरीको वेलगाडि, गौशाला, सुनसरीको धरान, दुहवी, इटहरी र सिन्धुलीको गोलन्जर गाउँपालिकामा काेणसभा भएकाे छ भने कोण सभालाई नेकपा सिन्धुलीका सेक्रेटरी हरिकृष्ण घिमिरेले सम्बोधन गरेका थिए , हरिहरपुरगढि गाउँपालिकाका ४ क्यानखोला, चिसापानी, गढिमाई लगायतका स्थानहरुमा मशाल जुलुस निकालिएको छ ।

यस्तै सिराहको लाहान बजार, सलार्हीको सुखीपुरमा र धनुषाको सिसमपुरचोक स्थित दुबै काेण सभा पूर्वपश्चिम राजमार्गमा कोणसभा भएको समाचार प्राप्त भएको छ । भोजपुरको सदरमुकाम षडानन्द नपाको पौवाडुङमा, र खोटाङको लामिडाँडामा मशालजुलुस प्रदर्शन भएका छन् । यस्तै खोटाङको सदरमुकाम दिग्तेल बजारमा पनि जुलुस र माइकिङ गरिएको छ ।

धादिङ

यसैगरी उता कैलालीको एरिया न. ५ टिकापुरमा मशाल जूलूस निकालिएको समाचार प्राप्त भएको छ । यसैगरी सुकुमको सिमरुतु बजारमा मशाल जुलुस भएको हाम्रो संवाददाताले जानकारी दिएका छन् ।


यसैगरी कपिलवस्तु र धादिङको बेसि सदरमुकाम, गुल्मीको तम्घास, दर्लिङ्ग लगायत विभिन्न स्थानहरुमा मसाल जुलुस निकालिएको छ ।
२०७४ फागुन ७ गते बेलुका ७ : ४५ प्रकाशित