नेकपाको नेपाल बन्दलाई माओवादी केन्द्रको समर्थन

काठमाडाैं : नेपाल कम्युनिस्ट पार्टीको आव्हानमा फागुन ८ गते घोषणा गरिएको नेपाल बन्दको कार्यक्रलाई नेकपा (माओवादी केन्द्र)ले समर्थन गरेको छ । सो पार्टीका महाधिवेशन आयोजक समितिका संयोजक गोपाल किरातीले सोमवार एक प्रेस विज्ञप्ती जारी गर्दै सरकारले गरेको राज्य आतंकका विरुद्ध नेकपाद्वारा घोषणा गरिएको फागुन ८ गतेको नेपालबन्द सफल पार्न सबैमा आह्वान गरेका छन् । साथै किरातीले गणतन्त्रको रक्षाको लागि खड्क ओलीलाई दिएको फिर्ता लिन प्रचण्डलाई आग्रह गरेका छन् । प्रस्तुत  विज्ञप्तीको पूर्ण पाठ –

कुनै पनि देशभक्त तथा वामपंथी शक्ति विरुद्ध हुने राज्यको दमनलाई नजर अन्दाज गर्न सकिदैन अत नेकपा सम्बद्ध विराटनगरको शान्तिपुर्ण कार्यक्रममा खड्क ओली सरकारको राज्य आतंकको विरुद्ध प्रतिरोेधमा नेकपा द्वारा आह्वान गरेको फागुन ८ गतेको नेपाल बन्द कार्यक्रम’लाई हाम्रो नेकपा(माओवादी केन्द्र) महाधिवेशन समूह दृढतापूर्वक नीतिगत समर्थन गर्दछ । साथै, राज्य आतंककारी खड्ग ओलीलाई दिएको समर्थन फिर्ता गरी महान जनयुद्धको उपलब्धी गणतन्त्र रक्षार्थ उभिन अध्यक्ष प्रचण्डलाई अनुरोध गर्छ ।

२०७४ फागुन ७ गते सोमवार ११ : ४० मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :