२३ औँ जनयुद्ध दिवस र ७ बुँदे प्रतिबद्धता


नेपाली जनताले सामन्ती दासता, पुँजीवादी शोषणउत्पीडन, साम्राज्यवादी दोहन र सबैखाले विभेदबाट मुक्तिका लागि हतियार उठाएको २२ वर्ष पूरा भएर २३ वर्ष लागेको छ । २०५२ साल फागुन १ गते नेकपा (माओवादी) को आह्वान र नेतृत्वमा आरम्भ भएको जनयुद्ध २२ वर्ष पूरा भएर २३ वर्ष लागेको हो । माओवादीको एउटा धोकेबाज नेतृत्व महान् सहिदहरूको रगत लतपतिएको रक्तरञ्जित झन्डा फालेर वर्गदुस्मनसामु लम्पसार परे पनि नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्तिको नयाँ कार्यदिशाबाट पृथक रूपमा जनयुद्ध जारी राखेको छ । नेकपाको आह्वानमा २३ औँ जनयुद्ध दिवसको पूर्वसन्ध्यामा भ्रष्ट, दलालहरूमाथि जनकारबाही गर्नुका साथै राजस्वमारा एनसेलमाथि देशव्यापी आक्रमण गरेर पृथक रूपमा जनयुद्ध जारी रहेको सङ्केत प्रस्ट रूपमै दिएको छ । नेकपाले २३ औँ जनयुद्ध दिवसको पूर्वसन्ध्यामा हिजोको जनयुद्धका पहलकर्तामध्येका दलाल, भ्रष्ट र अवसरवादी तत्वहरूले बनेको माके समूहलाई दलाल सामाजिक पुँजीवादी ठहर गर्दै सबैखाले दलाल र भ्रष्टहरूमाथि निर्ममतापूर्वक सङ्घर्ष गर्ने र प्रतिक्रियावादी सत्ताको चिहानमा वैज्ञानिक समाजवादी राज्यसत्ता स्थापना गर्ने निष्कर्ष पनि निकालेको छ ।

विश्वमै कम्युनिस्ट आन्दोलन प्रतिकूल बन्दै गएको/त्यस्तो भ्रम परेको समयमा नेपाली जनताले प्रतिक्रियावादी सत्ताविरुद्ध हतियार उठाएर वसन्ते गर्जन गरेका थिए । नेपालका मात्र होइन, संसारकै सर्वहारावर्ग जनयुद्धको आरम्भसँगै हर्षित बनेको थियो । सर्वहारावर्गको हर्षलाई सफलतामा परिणत गर्दै जनयुद्धका करिब ११ वर्षमा नेपाली जनताले जनवादी सत्ताको अभ्यास गरे । सत्ताको रक्षा र पूरै सत्ता कब्जाका लागि जनमुक्ति सेना निर्माण भयो । जनताले रगतसँग साटेर हतियार कब्जा ग¥यो र जनसेनालाई दियो अर्थात् जनताको सेनाले बर्बर हतियारको आडमा टिकेको राज्यसत्ता, वर्गवैरीको सत्ताको रक्षा गरिरहेको हतियार कब्जा ग¥यो र जनतालाई सुम्पियो । फलस्वरूप नेपालमा जनताको सेना, जनताको हतियार, जनताको सत्ता, जनताको विचार निर्माण भयो । मुलुकको झन्डै दुई तिहाइ भूभाग जनताका पक्षमा आयो । यसका लागि नेपाल आमाका १० हजारभन्दा बढी सुन्दर र होनहार छोराछोरीको रगत बग्यो । हजारौँ योद्धा बेपत्ता बनाइए । हजारौँ अङ्गभङ्ग र घाइते भए । लाखौँ जनताले क्रूर राज्यसत्ताका अकथनीय दमन र प्रताडना भोग्नुप¥यो । जनताले सबै किसिमको त्याग, शौर्य, वीरता र बलिदान गरेर जनयुद्धलाई महान् बनाए ।

जनयुद्ध आरम्भ गर्दा माओवादीले सातबुँदे प्रतिबद्धता सार्वजनिक गर्दै पहिलो बुँदामा भनेको थियो, ‘हाम्रो देशको विशिष्टताअनुसार गाउँबाट सहर घेर्ने रणनीतिमा आधारित दीर्घकालीन जनयुद्धका रूपमा अघि बढ्ने यस प्रक्रियाको पहलकदमीको योजना र अपराजेय माक्र्सवादी सैन्य सिद्धान्तका रूपमा जनयुद्धको सिद्धान्तप्रति अविचलित रहने प्रतिज्ञा गर्दछ ।’ त्यसैगरी अर्को बुँदामा ‘राज्यसत्ताबाहेक अरू सबै भ्रम हो भन्ने प्रमुख उद्देश्य हो भन्ने कुरामा दृढ रही यस प्रश्नमा देखापर्ने अर्थवाद, सुधारवाद, अराजकतावादलगायत सबै प्रकारका विचलनवादी चिन्तन र प्रवृत्तिका विरुद्ध निरन्तर सङ्घर्ष गर्न पार्टी आफ्नो कटिबद्धता जाहेर गर्दछ’ भनिएको थियो । माओवादीले पार्टीको यो योजना सामन्तवाद र साम्राज्यवादलाई ध्वंस गरी नयाँ जनवादी क्रान्ति पूरा गर्ने, त्यसको लगत्तै समाजवादी क्रान्तिमा अघि बढ्ने तथा सर्वहारा वर्गको अधिनायकत्वअन्तर्गत क्रान्ति जारी राख्ने सिद्धान्तका आधारमा सांस्कृतिक क्रान्तिहरू चलाउँदै मानव जातिको स्वर्णिम भविष्य– साम्यवादको स्थापनासम्म जाने उद्देश्यमा आधारित हुने प्रतिबद्धता सार्वजनिक गर्दै एकपटक हतियार उठाएपछि त्यसलाई अन्त्यसम्म लैजाने दृढताबिना सशस्त्र सङ्घर्षको थालनी गर्नु सर्वहारा वर्ग एवम् आम जनताप्रति अपराध हुने कुरामा हामी दृढ छौँ भन्ने उद्घोषसमेत गरेको थियो । माओवादीले भनेको थियो, ‘यो सङ्घर्ष जनताको स्थितिमा आंशिक सुधार गर्ने, प्रतिक्रियावादी वर्गलाई दबाब दिई सामान्य सम्झौतामा टुङ्ग्याउने साधन बन्न कदापि दिइनेछैन । यसरी हाम्रो सशस्त्र सङ्घर्ष सबै प्रकारका निम्नपुँजीवादी, सङ्कीर्ण राष्ट्रवादी, धार्मिक, साम्प्रदायिक एवम् जातिवादी विभ्रमबाट सम्पूर्ण रूपले मुक्त रहनेछ ।’

तर विडम्बना ! त्यतिबेलाका युद्धनायक प्रचण्ड जनयुद्धका सबै प्रतिबद्धताहरू रछ्यानमा मिल्काउँदै र हजारौँ सहिदको रगतसँग प्रतिक्रियावादी सत्ता साटफेर गर्दै यतिबेला दलाल संसद्वादको रक्षक बनेका छन् । बाबुराम त माक्र्सवादी धाराबाटै विचलन भइसकेका छन् । शीर्ष नेतामध्येका एक बादल केही समय प्रचण्डलाई घुक्र्याउँदै फेरि त्यही प्रतिक्रियावादी सत्ताको जुठोपुरो चाट्न पुगेका छन् । सारमा जनयुद्धको एउटा तप्का पूर्ण रूपले दलाल संसद्वादमा पतन भएको छ र उसले कम्युनिस्ट पार्टीकै नाउँमा भ्रम पार्दै दलाल संसद्वादलाई लिपपोत गरी जनतामा कथित समाजवादको नारा बाँडिरहेको छ । क्रान्तिकारी तप्का सामाजिक दलाल पुँजीवादमा पतन भएको माके समूह र एमाले समूहका सबैखाले भ्रमबाट मुक्त भई वैज्ञानिक समाजवाद स्थापना गर्न एकीकृत जनक्रान्तिको बाटोमा दृढतापूर्वक अघि बढ्नु आवश्यक छ ।

जनयुद्ध आरम्भ गर्दा नयाँ जनवादी क्रान्तिकालमा सर्वहारा वर्गको पार्टीको नेतृत्वमा क्रान्तिकारी संयुक्त मोर्चा र क्रान्तिकारी सेना निर्माणको सैद्धान्तिक मान्यतामा आधारित रहने, सर्वहारा वर्गको पार्टीको स्वतन्त्र आत्मनिर्णयको अधिकारको मान्यताअनुसार बन्ने, पार्टीको नेतृत्वमा सामन्तवाद र साम्राज्यवादविरोधी सबै तह र तप्काका जनसमुदायलाई संयुक्त पारी सशस्त्र सङ्घर्ष सञ्चालन गरिने, कृषि क्रान्तिलाई मेरुदण्ड मानी हाम्रो सशस्त्र सङ्घर्ष श्रमजीवी जनसमुदाय मुख्यतः गरिब किसानहरूमाथि भर परेर चल्ने र कहिल्यै र कुनै पनि हालतमा पार्टी कुनै देशी एवम् विदेशी प्रतिक्रियावादी गुटहरूको दबाब, धम्की र प्रलोभनमा नपर्ने उद्घोष गरिएको थियो तर त्यसको ठीक विपरीत माके समूह यतिबेला भारतीय साम्राज्यवाद र अमेरिकी उत्तरसाम्राज्यवादको टाङमुनि छिरी उसकै निर्देशनमा क्रान्तिकारी तप्कालाई आतङ्ककारी घोषणा गर्दै दमन गर्ने नीति अख्तियार गरिरहेको छ । प्रतिबद्धताविरुद्ध विदेशी शक्तिहरूको इसारामा भ्रष्ट नेताहरूले जनयुद्ध विघटन गर्नुका साथै जनसत्ता, जनसेना, जनअदालत विघटन गरे र क्रान्तिकारी तप्का र मुक्तिकामी जनताको आशा र भरोसामाथि तुसारापात गरे । जनयुद्धको एउटा तप्का प्रतिक्रियावादमा पतन भए पनि नेपाली जनताको आशाको केन्द्रका रूपमा नेपाल कम्युनिस्ट पार्टीले फेरि जनतालाई क्रान्तिकारी आशावाद सञ्चार गरेको छ । जनयुद्ध आरम्भ गर्दा भनिएको ‘युद्धका आफ्नै नियमअनुसार यो सरल रेखामा होइन, जटिल बक्ररेखामा अघि बढ्नेछ । लेनिनको ‘क्रान्ति आफैँले आफ्नो विकास क्रममा सधँै नै असाधारण जटिल परिस्थितिको सिर्जना गर्दछ’ भन्ने कुराको महत्वलाई आत्मसात् गरेर जानु अनिवार्य छ । जित र हारको, उपलब्धि र क्षतिका चक्रहरू पार गरेर नै जनयुद्ध विजयी बन्नेछ । खराब कुरालाई असल कुरामा रूपान्तरण गर्ने अन्तरविरोधको नियमलाई ठीक ढङ्गले पक्डेर नै हामीले जनयुद्धको नेतृत्व गर्न सक्नेछौँ’ उत्कर्ष वाक्य अब माके वा अरू कुनै समूहबाट पूरा हुने कल्पना गर्न सकिँदैन । यसका लागि क्रान्तिको नयाँ कार्यदिशा एकीकृत जनक्रान्तिलाई केन्द्रमा राखेर सबैखाले दलाल, भ्रष्ट, कालोबजारिया, दलाल र गद्दारहरूका विरुद्ध विस्फोट भएर मात्र नेपाली जनताको विजय सुनिश्चित छ । महान् जनयुद्ध जिन्दावाद ! सप्पादकीय
२०७४ फागुन ४ गते बिहान १० : ४० मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!