युवा सम्मेलन तयारी अन्तिम चरणमा / नेकपाका स्थायी समिति सदस्य ‘सुदर्शन’ले सम्मेलन उद्घाटन गर्ने

राेहित धकाल / विराटनगर : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन राष्ट्रिय युवा जनस्वयम्सेवकको तेस्रो राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी सङ्गठनका संयोजक बाबुराम राई ‘विवश’ ले दिएका छन् । विराटनगरमा फागुन ६ गते हुने सम्मेलनको उद्घाटन नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले गर्नुहुने भएको छ । सम्मेलन स्थलको व्यवस्थापनको नेतृत्व गरिरहनुभएका सङ्गठनका केन्द्रीय सदस्य पाटनले पूर्वी क्षेत्र र कार्यक्रम स्थलको तयारी अन्तिम चरणमा पुगेको बताएका छन् जसअनुसार जनकपुरबाट ५ वटा बस, उदयपुर–भोजपुरसहित सगरमाथाबाट ६ वटा बस विराटनगर प्रवेश गर्नेछन् । सुनसरीबाट तीन सय र मोरङबाट छ सय युवा उद्घाटन कार्यक्रममा सहभागी हुनेछन् ।

उद्घाटन कार्यक्रम विराटनगरको ट्राफिक चोकबाट ¥यालीसहित जुलुस सुरु भएर गुद्री बजार, पुरानो जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, अस्पताल सडक हुँदै गुद्री बजारमै आएर सभामा परिणत हुनेछ । स्राेत : राताे खबर साप्ताहिक
२०७४ फागुन ३ गते मध्यान्न १२ ३० मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :