नजुट्दै फुटको चक्रब्यूहमा एमाले

काठमाडौं : एमाले र माओवादी केन्द्रको पार्टी एकताको पहल आकस्मिक र रहस्यमय ढङ्गले किन भयो ? त्यसको प्रेरकशक्ति के हो ? भन्ने चर्चा चलिरहेको बेला त्यसको रहस्य खुल्न थालेको छ ।

एमालेभित्रका भारत परस्त नेताहरु र दिल्लीको निर्देशनमा चल्ने आरोप लागेका प्रचण्डलगायतको योजनामा एमालेभित्रको ‘देशभक्त धारा’ लाई परास्त गर्न बाहिरबाट आक्रमण गरेर नसकिने भएपछि भित्रैबाट तोडफोड गर्न कथित पार्टी एकताको पहल भएको खुल्दै गएको छ ।

एकतापछिको पार्टी नेतृत्वबाट केपी ओलीलाई अलग गर्ने, एकता विरोधी आरोप लगाएर कमजोर बनाउने रणनीतिअनुसार सो एकता चर्चा भएको आशंका कतिपयले गर्न थालेका छन् ।

प्रचण्ड, झलनाथ र माधव नेपालले एक व्यक्ति एक पदको नारा दिनु, एकताको विरुद्ध षड्यन्त्र भैरहेको आरोप प्रचण्डले लगाउनु, बामदेव–भलनाथ–माधव नेपाल पक्षले ओलीलाई भन्दा प्रचण्डलाई बोक्नु र अध्यादेशको विवादमा दाहाल–नेपाल पक्षले भित्रभित्रै देउवालाई सहयोग गर्नुले ती दलहरुभित्र ‘रअ’ ले टुप्पी घुमाउन थालेको चर्चा छ ।

२०७४ पुस २१ गते बिहान १० : ४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :