आधारभूत सञ्चार तालिम तेस्रो प्रशिक्षण जारी

काठमाडौंः रातो खबर प्रकाशनगृहको आयोजनामा काठमाडौंमा तीन दिने आधारभूत सञ्चार तालिम शनिबारदेखि सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’कोे प्रमुख आतिथ्यमा आरम्भ भएको तालिममा तेस्रो प्रशिक्षकका रुपमा क्रान्तिकारी पत्रकार संगठन, नेपालका अध्यक्ष प्रभात चलाउने पत्रकारिताको आधारभूत तरिकाको विषयमा प्रशिक्षार्थिहरुलाई प्रशिक्षण दिइरहनुभएको छ । यसअघि पहिलो प्रशिक्षकका रुपमा युवा पत्रकार उजिर मगरले प्रशिक्षण दिनुभयो । उहाँले पत्रकारिता र रिपोर्टिङका समग्र पक्षहरुमाथि चर्चा गर्दै समाचार लेखनको तरिका र महत्व सिकाउनुभयो । दोस्रो प्रशिक्षकका रुपमा विनोद भट्टराईले अनलाइन मिडिया यसको भविष्य विषयमा प्रशिक्षण दिनुभयो । चौथो प्रशिक्षक अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव खेम थपलिया हुनुहुन्छ । कार्यक्रम संयोजन गृहका निर्देशक अनिल शर्माले गर्नुभएको छ । तालिममा विभिन्न जिल्लाका २५ जना संवाददाता र प्रकाशन गृहका सदस्यहरुको सहभागिता रहेको छ ।

२०७४ कात्तिक ११ गते अपरान्ह ३ : २१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :