कास्कीका सेक्रेटरी जगनसहित ६ जना गिरफ्तार

 

नन्दलाल तिवारी
सेक्रेटरी, कास्की
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी कास्कीका सेक्रेटरी नन्दप्रसाद तिवारी ‘जगन’, सोमनाथ अधिकारी, लोकेन्द्र राई, राजेशलगायत ६ जनालाई लेखनाथ महानगरपालिका १, बगरस्थित जिल्ला वन कार्यालय कास्की अगाडि रहेको चिया पसलबाट प्रहरीले गिरफ्तार गरेको छ । सेक्रेटरी जगनलाई वडा प्रहरी कार्यालय बगरमा राखिएको प्रहरीले बताएको छ । पोखराको सस्तोबजारमा अज्ञात समूहले सोमबार राखेको सिलिण्डर बमलाई नेपाली सेनाले निष्कृय पारेको थियो । त्यस विषयलाई लिएर नेकपा कास्कीका इञ्चार्ज रुपेश र सेक्रेटरी जगनले हिजो राती नै एक प्रेस विज्ञप्ति जारी गरी उक्त बम आफूहरुले नराखेको बताएका थिए ।
२०७४ भदौ २७ गते १२ :३० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :