म माओवादी जनयुद्धदेखिको जनमुक्ति सेना
तैपनि म भएको छैन पूर्व–जनमुक्ति सेना ।
म अहिले पनि जनमुक्ति सेना
म भोलिको पनि जनमुक्ति सेना ।
किनकि जनताको शासन आएकै छैन
त्यसैले जनमुक्ति सेनाको काम सकिएको छैन ।
यहाँ जातीय विभेद हटेको छैन
त्यसैले जनमुक्ति सेनाको काम सकिएको छैन ।
यहाँ महिलामाथिको हिंसा रोकिएको छैन
त्यसैले जनमुक्ति सेनाको काम सकिएको छैन ।
यहाँ युवाले रोजगार पाएको छैन
त्यसैले जनमुक्ति सेनाको काम सकिएको छैन ।
यहाँ किसानले मलखाद पाएको छैन
त्यसैले जनमुक्ति सेनाको काम सकिएको छैन ।
यहाँ उखु किसानले बर्सौंदेखि उखुको मूल्य पाएको छैन
त्यसैले जनमुक्ति सेनाको काम सकिएको छैन ।
यहाँ गरिबको जीवनमा सुखको घाम लागेको छैन
त्यसैले जनमुक्ति सेनाको काम सकिएको छैन ।
यहाँ मजदुरले श्रमको मुल्य पाएको छैन
त्यसैले जनमुक्ति सेनाको काम सकिएको छैन ।
यहाँ देश स्वाधीन भएको छैन
त्यसैले जनमुक्ति सेनाको काम सकिएको छैन ।
यहाँ वैज्ञानिक समाजवाद आएको छैन
त्यसैले जनमुक्ति सेनाको काम सकिएको छैन
त्यसैले म भूतपूर्व भएको छैन ।