शैक्षिक माफिया उमेश श्रेष्ठविरुद्ध कालो ब्यानरसहित प्रदर्शन

शैक्षिक माफिया उमेश श्रेष्ठविरुद्ध कालो ब्यानरसहित प्रदर्शन

काठमाडौँ: शैक्षिक र मेडिकल क्षेत्रमा विकृति फैलाएर ब्रह्मलूट गरेको भन्दै शैक्षिक माफिया उमेश श्रेष्ठविरुद्ध कालो ब्यानरसहित प्रदर्शन गरिएको छ । नेकपा बहुमतको भ्रातृ सङ्गठन अखिल क्रान्तिकारी केन्द्रीय समितिले सुनिल शर्मा निर्देशक रहेको काठमाडौँ सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज र उमेश श्रेष्ठविरुद्ध मङ्गलबार कालो ब्यानरसहित प्रदर्शन गरेको हो । यस अघि अखिल क्रान्तिकारी केन्द्रीय समितिले सुनिल शर्मा निर्देशक रहेको काठमाडौँ सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज विरुद्ध मङ्गलबार कालो ब्यानरसहित प्रदर्शन गरेको हो ।

त्यसैगरी अखिल क्रान्तिकारीले शैक्षिक माफिया उमेश श्रेष्ठलाई
कारबाही किन भन्ने शीर्षकमा सार्वजनिक गरेको कालो ब्यानरमा लेखिएको छ :
१) सार्वजनिक जग्गा अतिक्रमण गरी भोगचलन गरेकाले ।
२) प्राकृतिक स्रोत र साधनमाथि व्यापक ब्रह्मलुट गरेकाले ।
३) विद्यार्थीबाट विभिन्न शीर्षकमा चर्को शुल्क असुल्ने गरेकाले ।
४) १० प्रतिशत छात्रवृत्तिको व्यवस्था कार्यान्वयन नगरेकाले ।
५) यस कलेजमा कार्यरत प्राध्यापक, कर्मचारीलगायत विद्यार्थीलाई अनावश्यक यातना दिँदै आएकाले ।
६) शिक्षालाई निजीकरण एवम् व्यापारीकरण गरी ब्रह्मलुट मच्चाउँदै विद्यार्थी, अभिभावक तथा आमजनतालाई चरम आर्थिक शोषण गरेकाले ।
अखिल क्रान्तिकारीले शैक्षिक माफिया, भ्रष्टहरूविरुद्ध कारबाही अभियान सुरु भएको र समस्या समाधान नभएसम्म जारी रहने पनि जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :