काठमाडौँ : अविरल वर्षाका कारण पहिरोमा परी म्याग्दीको मालिका गाउँपालिका–२ रुम गाउँमा तीनवटा घर पुरिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना अझैँ बेपत्ता रहेका छन् । घरमाथिको पाखोबाट आएको पहिरोले स्थानीय घामबहादुर विकको घर पुरिँदा १३ वर्षका छोरा राजन विक र १५ वर्षको नविन विकको मृत्यु भएको हो ।
प्रहरी नायब उपरीक्षक तिलक भारतीका अनुसार सो पहिरोमा परेर घामबहादुर विक, उनको श्रीमती राममाया र सात वर्षीया छोरी रोजी विक अझैँ बेपत्ता रहेको र स्थानीयवासीले उनीहरुको खोजी जारी राखेका छन् ।
प्रहरीका अनुसार पुरिएको घरबाट दुईजनाको शव निकालेको र बेपत्ता भएकाहरुको खोजी गरिरहेको स्थानीयबासीले जानकारी दिए लगत्तै इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरीको टोली घटनास्थलतर्फ हिँडिसकेको छ ।