अखिल (क्रान्तिकारी) बाँकेको विशेष बैठक सम्पन्न, संयोजकमा कमल बस्याल

अखिल (क्रान्तिकारी) बाँकेको विशेष बैठक सम्पन्न, संयोजकमा कमल बस्याल

नेपालगञ्ज : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) जिल्ला समिति बाँकेको संयोजकमा कमल बस्याल चयन भएका छन् । अखिल (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य डिबी शाहीको उपस्थितिमा शनिबार सम्पन्न सङ्गठनको विशेष बैठकले बस्यालको संयोजकत्वमा २९ सदस्यीय २७ औँ जिल्ला सम्मेलन आयोजक समिति चयन गरेको छ ।

बैठकमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बाँके जिल्ला इन्चार्ज अनन्त, संयोजक परिवर्तन, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य सुन्देवी शाही, युवा जनस्वयमसेवक, नेपालका केन्द्रीय सदस्य प्रकाश शर्मा लगायतको विशेष उपस्थितिमा महत्वपूर्ण र दुरगामी निर्णय गर्दै सम्पन्न भएको सङ्गठनका नवनिर्वाचित संयोजक बस्यालले जानकारी दिए ।

उनले बाँके जिल्लाको शैक्षिक क्षेत्रभित्र देखिएका समस्या र त्यसको समाधानको लागि आफ्नो सङ्गठनले वैज्ञानिक योजनासहित जिल्ला व्यापी रुपमा शैक्षिक सङ्घर्षलाई अगाडि बढाउने पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :