राष्ट्रघाती एमसीसी संसदमा टेबुल गरेको भन्दै पाेखरामा देउवाको पुत्ला दहन

राष्ट्रघाती एमसीसी संसदमा टेबुल गरेको भन्दै पाेखरामा देउवाको पुत्ला दहन

पोखरा: अखिल (क्रान्तिकारी) क्याम्पस जिल्ला समिति र अखिल (क्रान्तिकारी) कास्की जिल्ला समितिको संयुक्त आयोजनामा एमसीसी खारेजीको माग गर्दै साेमबार पोखराको जनप्रीय बहुमुखी क्याम्पसमा प्रधानमन्त्री शेर बहादुर देउवाको पुत्ला दहन कार्यक्रम गरेको छ ।

एमसीसी संसदमा पेश गरिनु राष्ट्रघाती कदम भएको भन्दै अखिल (क्रान्तिकारी) ले उक्त कार्यक्रम गरेको हो । पुत्ला दहन कार्यक्रममा  एमसीसी खारेज गर, अमेरिकन उत्तर सम्राज्यवाद मुर्दावाद, एमसीसी चाहिदैन देश बेच्न पाइदैन जस्ता नाराहरु लगाइएको थियो ।

पुत्ला दहन कार्यक्रमको संचालन गर्दै अखिल (क्रान्तिकारी) क्याम्पस जिल्ला सचिव सचिन पौडेलले एमसीसीलाई सडकबाटै खारेज गर्ने र एमसीसी विरुद्ध सबै जनता एकीकृत हुन आह्वान गरे । कार्यक्रमलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) की केन्द्रिय सदस्य कमला परियारले आज एमसीसी टेबल हुँदा पुत्ला दहन भएको र यदि पास नै गरेमा दलालहरुलाई नै जलाउने घोषणा गरिन् ।
साथै साेमबार नै युवा संगठन नेपाल कास्किले संगठनको केन्द्रिय कार्यक्रम अनुसार युवा संगठन नेपाल कास्कीले कास्कीबाट संघिय संसदमा प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य नेकपा एमालेको तर्फबाट प्रत्यक्ष निर्वाचित  माननीय खगराज अधिकारीलाई स्वकीय सचिवमार्फत र  माननीय जगत बहादुर विश्वकर्मा (सुनार) र माननीय विद्या भट्टराई (अधिकारी) लाई प्रत्यक्ष भेट गरि र माओवादी केन्द्रको तर्फबाट  समानुपातिक सदस्य दुर्गा कुमारी विश्वकर्मालाई इमेल मार्फत संसदमा टेबुल भएको  रास्ट्रघाती एमसीसी सम्झौताका विपक्षमा उभिन भनि सुझाव पत्र बुझाएको छ । 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :