नेकपा सिन्धुलीद्वारा २७ औँ जनयुद्ध दिवस सम्पन्न

नेकपा सिन्धुलीद्वारा २७ औँ जनयुद्ध दिवस सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी सिन्धुलीले २७ औँ जनयुद्ध दिवस सम्पन्न गरेको छ । जिल्ला सेक्रेटरी गोपाल ब्लोनको अध्यक्षता र पार्टीका केन्द्रिय सदस्य तथा सिन्धुली रामेछाप इन्चार्ज रणवीरको प्रमुख अतिथि, जिल्ला विशेष कमिटी सदस्य शशी राईको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको थियो । जनयुद्ध दिवसको अवसरमा विभिन्न पार्टी परित्याग गरि नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रणवीरले अबको परिस्थितिमा वैज्ञानिक समाजवादको विकल्प नरहेको भन्दै सबै क्रान्तिकारी शक्तिहरुलाई एकजुट हुन आग्रह गरेका छन् । प्रमुख अतिथि रणवीरले नवप्रवेशीहरुलाई खाँदा र अविर लगाएर एकीकृत जनक्रान्तिमा  स्वागत गरेका छन् ।

त्यसैगरी कार्यक्रममा बोल्दै विशेष कमिटी सदस्य शशी राईले संसदीय जसरी भएपनि अन्त्य गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा शुभकामना मन्तव्य अभयले पनि राखेका थिए । कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य मिम ऐडीले गरेका थिए भने कार्यक्रममा युवा संगठन नेपालका केन्द्रिय सदस्य तेज लामा, श्रमिक मोर्चा नेता जिवन लगायत जिल्ला नेताको उपस्थिति थियो । अन्त्यमा जिल्ला सेक्रेटरी गोपाल ब्लोनले शुभकामना मन्तव्य राख्दै प्रवेश गर्ने सबैलाई स्वागत गरि समापन गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :