नेकपा सिन्धुपाल्चोकले २७ औँ महान जनयुद्ध दिवस मनायो

नेकपा सिन्धुपाल्चोकले २७ औँ महान जनयुद्ध दिवस मनायो

वैज्ञानिक समाजवाद प्राप्तिका लागि संघर्ष गरौँ !एकीकृत जनक्रान्तिलाई निरन्तर अगाडि बढाऔँ !! भन्ने मूल नाराका साथ नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकले २७ औँ महान जनयुद्ध दिवस मनाएको छ ।

मेलम्चीको पट्कशिलामा सम्पन्न उक्त कार्यक्रममा पार्टीका जिल्ला सचिव युगीनले सम्बोधन गर्दै जनयुद्धको अधुरो सपना एकीकृत जनक्रान्तिमार्फत पूरा गर्ने प्रतिबद्धता जनाए । उनले नेपाली जनताले अब एकीकृत जनक्रान्तिबाट नै जनताको सत्ता प्राप्त गर्ने बताए । जनयुद्धको उदेश्य, महत्त्व र एकीकृत जनक्रान्ति बारेमा पनि उनले प्रकाश पारेका थिए । 

कार्यक्रममा जिल्ला विशेष कमिटी सदस्य किरण घिमिरे पनि शुभकामना मन्तव्य राख्दै जनयुद्धको बारेमा चर्चा परिचर्चा गरेका थिए ।

कार्यक्रममा अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक अध्यक्ष रविन्द्र चौलागाईले पनि शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक दोलखा इन्चार्ज सुमन, जिल्ला संयोजक कुमारको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन जिल्ला सदस्य कम्युटरले गरेका थिए भने कार्यक्रमको अध्यक्षता विनोद दनुवारले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :