अखिल (क्रान्तिकारी) डडेल्धुरा, बैतडी, बझाङ, र दार्चुलाको संयुक्त विद्यार्थी जागरण अभियान उद्घाटन

अखिल (क्रान्तिकारी) डडेल्धुरा, बैतडी, बझाङ, र दार्चुलाको संयुक्त विद्यार्थी जागरण अभियान उद्घाटन

नेपाल कम्युनिस्ट पार्टी निकट भातृ सङ्गठन अखिल (क्रान्तिकारी) ले सुदुर पश्चिमका चार पहाडी जिल्ला डडेल्धुरा, बैतडी, बझाङ र दार्चुलाले संयुक्त रुपमा विद्यार्थी जागरण अभियान –२०७८ को उद्घाटन गरेको छ । “वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमतसङ्ग्रह” मूल नाराका साथ सङ्गठनले अभियान देशैभरी अभियान चलाउने भएको छ ।

नेपाल कम्युनिस्ट पार्टीले जनमत सङ्ग्रहमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने बहस अगाडि सारेको छ, सोही रणनीतिसहित नेकपाले आफ्ना कामकारवाही अगाडि बढाएको छ । सोही जनमतसङ्ग्रहको मुद्दालाई व्यापकता दिन र शिक्षा क्षेत्रका विकृति विसङ्गतिविरुद्ध सशक्त आन्दोलन अघि बढाउन सङ्गठन सुदुर पश्चिम अभियानसहित अखिल (क्रान्तिकारी) ले संयुक्त रुपमा बैतडीको साईलेख स्थित श्री विरेन्द्र उच्च माध्यमिक विद्यालयमा उद्घाटन गरेको छ ।

उक्त कार्यक्रमको सभाध्यक्ष अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य संकर खातीले गरेको र प्रमुख अतिथिमा नेपाल कम्युनिष्ट पार्टी बैतडीका सेक्रेटरी राम बहादुर कुँवरको उपस्थितिमाा भएको कार्यक्रमको संचालन अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य सुरेन्द्र धानुकले गरेका थिए । अखिल (क्रान्तिकारी)सुदुर पश्चिमका सदस्य तथा संगठनका डडेल्धुरा अध्यक्ष गणेश बोहरा र बैतडी अध्यक्ष सुरेन्द्र धामी लगायतका बैतडी जिल्ला स्तरीय नेता तथा कार्यकर्ताको उपस्थितिमा भएको कार्यक्रममा अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा डडेल्धुरा, बझाङ इन्चार्ज संकर खातीले रातो खबरलाई जानकारी दिएका छन् । साथै उक्त कार्यक्रममा उद्घाटन गरिएको बिरेन्द्र उच्च माध्यमिक विद्यालय बैतडी साइलेकमा संदीप रानाको अध्यक्षतामा २९ सदस्यीय विद्यालय कमिटी समेत गठन गरेको खातीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :