नेकपासहित सात दलिय मोर्चाले कपिलवस्तुमा जलायो एमसीसी सम्झौता

नेकपासहित सात दलिय मोर्चाले कपिलवस्तुमा जलायो एमसीसी सम्झौता

नेपाल कम्युनिस्ट पार्टी लगायतको सात दलिय गठबन्धनले कपिलवस्तुको चन्द्रौटामा एमसीसी सम्झौता जलाउदै उक्त सम्झौता खारेजीको जोडदार माग गरेका छन् ।
एमसीसी सम्झौता जलाउने उक्त कार्यक्रम नाराजुलुस सहितको विरोध र्यालीले चन्द्रौटा बजारको परिक्रमा गर्दै कोणसभामा परिणत भएको हो । सात दलिय गठबन्धनका नेताकार्यकर्ताले कोणसभाको सुरुवातमै प्रहरीलाई चक्मा दिदै एमसीसी सम्झौता जलाएका थिए ।

कोणसभामा नेकपा माले, राष्ट्रिय जनमोर्चा नेपाल र नेपाल कम्युनिस्ट पार्टीका जिल्ला प्रतिनिधि र नेतृत्वले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा सबै वक्ताले
एमसीसी राष्ट्रघाती भएको र उक्त सम्झौता संसदबाट पास गर्नु भनेको नेपालमा अमेरिकी कानुन लागू गराउनु हो र कालान्तरमा युद्ध निमत्याउनु हो भन्दै यसको खारेज हुनुपर्नेमा वक्ताहरुले जोड दिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुका जिल्ला सचिव कमल केसीले जुनसुकै मूल्य चुकाएर भएपनि नेपालमा एमसीसी पास गर्न नदिने बताए । उनले भने, `बरु हामी रगत बगाउँछौ तर अमेरिकी साम्राज्यवादलाई हाम्रो सुन्दर देश नेपालमा कुनै पनि हालतमा हस्तक्षेप गर्न दिदैनौँ ।`

कोभिड खोप नेपालमा ल्याउदा विरोध नगरेर अमेरिकाको सम्मानजनक सहयोग स्वीकारेको तर एमसीसी सम्झौता जोडदार रुपमा अस्विकार गर्ने उनको भनाई थियो ।
कोणसभालाई नेपाल कम्युनिस्ट पार्टी शिवराज नगरकमिटी सेक्रेटरी बिनोद लुईटेलले सन्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :