नेकपा धुनिवेशी नगर कमिटीको भेला सम्पन्न

नेकपा धुनिवेशी नगर कमिटीको भेला सम्पन्न

धादिङ : नेपाल कम्युनिस्ट पार्टी धादिङ धुनिवेशी नगर कमिटीको प्रथम भेला तथा जनसेवा सङ्गठन विस्तार अभियान, धुनिवेशी ३ छत्रेपाटीमा बिहीबार सम्पन्न भएको छ ।

भेलाले सन्देशको नेतृत्वमा २१ सदस्यीय नगर कमिटी चयन गरेको छ । उक्त भेलालाई जिल्ला पार्टीका सेक्रेटरी सुमनले सम्बोधन गरेका थिए । उनले घरघरमा नेकपा, टोलटोलमा कमिटी भन्ने उद्देश्यका साथ जनसेवा तथा सङ्गठन विस्तारमा लाग्न नगर कमिटीलाई निर्देशन दिए ।

नेकपा धादिङ जनसेवा तथा सङ्गठन विस्तार अभियानमा तिब्ररुपमा लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :