२६ औँ जनयुद्ध दिवसको पूर्वसन्ध्यामा कैलालीमा मसालजुलुस

२६ औँ जनयुद्ध दिवसको पूर्वसन्ध्यामा कैलालीमा मसालजुलुस

२६ औँ महान जनयुद्ध दिवसको पूर्वसन्ध्यामा नेपाल कम्युनिस्ट पार्टीले कैलालीको विभिन्न ठाउँमा मसालजुलुस सम्पन्न गरेको छ ।

पार्टीको केन्द्रिय कार्यक्रम अनुसार कैलालीको विभिन्न गाउँ, नगरकमिटीमा मसाल जुलुस सम्पन्न भएको जनाइएको छ । जिल्ला सेक्रेटरी करनको नेतृत्वमा धनगढीमा, कैलारी गाउँपालिका, घोडाघोडी नगरपालिका र जिल्ला पार्टी कार्यालयले धनगढीमा र गोदावरी, गौरीगंगा, बर्दगोरिया, जोशीपुर, लम्की-जानकी, टिकापुर, भजनीले आ-आफ्नो ठाउँमा भब्य रूपमा मसालजुलुस सम्पन्न गरेको नेकपा कैलालीले जानकारी दिएको छ ।
र्यालीमा सबै कम्युनिस्ट, वामपन्थी, देशभक्त, प्रगतिशील एकताबद्ध बनौँ!
वैज्ञानिक समाजवादी सत्ता प्राप्तिका लागि संघर्ष गरौँ !!
दलाल संसदीय ब्यवस्था खारेज गरौं !!
वैज्ञानिक समाजवाद स्थापना गरौं !! जस्ता नारा लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :