सिंगापुरलाई हराउँदै नेपालको सानदार जीत

NP-wins-SGकाठमाडौं / साउन २ : आईसीसी अण्डर १९ एशिया कप क्रिकेटको छनौट प्रतियोगीतामा नेपालले आयोजक सिंहापुरलाई ४ विकेटले हराउँदै नेपालकालको जीत भएको छ । सिंहापुरले दिएको ७४ रनको लक्ष्य नेपालले १७.३ ओभरमा ६ विकेट गुमाएर पुरा गरेका थिए । टस जीतेर फिल्डिग गरेको नेपालले सिंगापुरलाई २९ ओभरमा ७३ रनमा अलआउट गरेको थियो । नेपालका लागि कप्तान सन्दीप लामीछाने एक्लैले पाच विकेट लिए । ८ ओभरमा २१ रन दिएर उनले पाच विकेट झारे पछि सिंहापुर संकटमा परेको थियो । पहिलो १० रन भित्र २ विकेट गुमेको थियो । ओपनर सन्दीप सुनार १ तथा आरीफ सैख ४ रनमा आउट भए पछि दवाव आएको नेपालको पारी प्रनित थापा मगरले उकासेका थिए । उनले २३ रन जोडे भने आलम शाहले १९ रन जोडे पछि नेपालले जीतको ढोका खोलेको थियो । दिपेन्द्र सिंह ऐरी २ रनमा आउट भएको थियो । प्रकाश के.सी.ले ६ रन जोडे भने रोहित कुमार पौडेलले नटआउट ११ रन बनाए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :