कोरोनाबाट आज मात्र चारजनाको मृत्यु

सङ्क्रमित बढेपछि बारले अदालतलाई दियो सुनुवाइ बन्द गर्ने सुझाव

काठमाडौँ : नेपालमा कोरोनाको सङ्क्रमणबाट बिहीबार एकै दिन चारजनाको मृत्यु भएकोे छ । बिहीबार मृत्यु हुनेमा महोत्तरीका ४५ वर्षीय पुरुष, धनुषाकी ८५ वर्षीया महिला, अछामका १८ वर्षीय पुरुष र मोरङका ५७ वर्षीय पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल सङ्ख्या ९५ पुगेको हो ।

यसैबीच काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितहरू बढ्दै गएपछि कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एसोसिएसनले बन्दी प्रत्यक्षीकरणका अत्यावश्यक निवेदनबाहेक सबैखालका मुद्दाको सुनुवाइ स्थगित गर्न आग्रह गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशहरू नै सङ्क्रमित भएको, राजधानीबाहिरका न्यायाधीशहरू, कर्मचारी तथा कानुन व्यवसायीहरूमा समेत सङ्क्रमण देखिएको भन्दै बारले यसबारे निर्णय गर्न सर्वोच्च अदालतलाई आग्रह गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :