कोरोना प्रकोप झन् बढ्यो, एकै दिन पाँचजनाको मृत्यु, बिहीबारदेखि राती हिँड्न प्रतिबन्ध

काठमाडौँ : देशका विभिन्न ठाउँमा कोरोना भाइरस महामारी समुदायमा फैलिएपछि र दिन–प्रतिदिन सङ्क्रमितको सङ्ख्या बढेपछि सरकारले बिहीबारदेखि राती हिँड्नप्रतिबन्ध लगाउने निर्णय गरेको छ । बिहीबारदेखि लागू हुने गरी निजी तथा सार्वजनिक सवारीसाधनमा जोरबिजोर प्रणाली लागू हुनेछ ।

यस्तै सरकारले राती ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा प्रतिबन्ध लगाएको छ । कोरोना भाइरसको बढ्दो सङ्क्रमणलाई लक्षित गरेर बिहीबारदेखि लागू हुने गरी यो निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ ।

यस्तै नेपालमा कोरोना सङ्क्रमणबाट बुधबार एकै दिन ५ जनाको ज्यान गएको छ । पर्सा र मोरङमा दुई–दुईजना र काठमाडौँमा एकजनाको कोरोनाबाट मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ६३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :