नेपालमा कोरोना संक्रमित हुनेको संख्या २१ हजार नाघ्यो

काठमाडौँ: नेपालमा बुधबार  ३ सय ८१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।  ति मध्ये काठमाडौैँ उपत्यकामा मात्र ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ ,भने मृत्यु हुनेको संख्या ६० पुगेको छ । आइसोलेसनमा रहेकाहरुको संख्या ६ हजार १ सय ७४ रहेको छ । बुधबार कोरोना संक्रमण निको भई १ सय ३० जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या हालसम्म १५ हजार १ सय ५६  पुगेको छ । ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :