नेकपाकी नेत्री शिलुलाई पुरानो मुद्दा दोहोर्याउँदै, हिरासत राख्दै

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीकी तत्कालीन पोलिटब्युरो सदस्य उमा भुजेल ‘शिलु’ र सुमनसिंह पौडेललाई प्रहरीले पटकपटक एउटै मुद्दामा गिरफ्तार गरेर हिरासतमा राखेको छ । उनीहरूलाई हातहतियार तथा सङ्गठित अपराधको मुद्दामा सङ्खुवासभाबाट धरौटीमा रिहा भएलगत्तै जिल्ला प्रहरी कार्यालय धरान पुर्याइएको छ । नेत्री भुजेललाई दसौँपटक गिरफ्तार गरेर देशैभरि डुलाएको थियो । अहिले सङ्गठित अपराध र विस्फोटक पदार्थको मुद्दा लगाइएको छ । यसअघि सुनसरीबाट गिरफ्तार गरेर रिहा भइसकेपछि पनि ठाउँठाउँ घुमाएर फेरि उही मुद्दा लगाई उही ठाउँमा राखेको हो ।

यसअघि उनीहरूलाई सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले सङ्गठित अपराध, आगजनी तथा विस्फोट, विस्फोटक पदार्थ सञ्चय तथा ओसारप्रसार र उस्तै प्रकृतिको विस्फोटक पदार्थ ओसारप्रसार, सञ्चय र प्रयोग मुद्दा लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :