यौनहिंसा गर्ने कार्यकर्ता नेकपाबाट निष्कासित


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी कैलालीले यौनहिंसा गरेको आरोपमा आफ्ना एक कार्यकर्तालाई पार्टीबाट निष्कासन गरेको छ । नेकपा कैलालीका जिल्ला सेक्रेटरी करणले मङ्गलबार विज्ञप्ति जारी गर्दै कैलालीको लम्कीचुहा नगरपालिकाका नगर इन्चार्जलाई कारबाही गरिएको जानकारी गराएका हुन् ।

करणको विज्ञप्तिमा पार्टी नीति, नियम र आचारसंहिताविपरीत नगर इन्चार्जले परिवारमा हिंसा पैदा गर्ने अराजक कार्य गरेको भन्दै उनलाई पार्टीबाट निष्कासन गरिएको बताएका छन् । यौनहिंसा गर्ने र पार्टीले कारबाही गरेका व्यक्तिको नाम भने खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :