दीन–दुःखी, गरिबसँग वर्गप्रीत लाउँदैछु
रङ्ग भर्ने क्रान्तिको नयाँ गीत बजाउँदैछु ।
अत्याचारमा परेका ती आमजनतालाई
रोज्न बाटो विद्रोहको हरदम सिकाउँदैछु ।
शोषित–पीडित तिरष्कृत यी सबै जनतामा
हरेस नखाई अघि बढ्ने जोस सिकाउँदैछु ।
वैज्ञानिक समाजवादी हाम्रो यस व्यवस्थाको
दीर्घकालीन उदयको सत्बाटो बनाउँदैछु ।
दीन–दुःखी, गरिबसँग वर्गप्रीत लगाउँदैछु ।
रङ्ग भर्ने क्रान्तिको नयाँ गीत बजाउँदैछु ।
हेटौँडा, मकवानपुर ।