दार्चुलामा सवारी साधन दुर्घटना/३ नेपाली २ भारतीयको मृत्यु

DARCHULA_PHOTOकाठमाडौं/असार २३ : दार्चुलाको नेपाल भारत जोड्ने तिग्रम घाटबाट भारतको धारचुलाको सडक प्रयोग गरेर दार्चुला सदरमुकाम खलंगा आउँदै गरेका दुहुका एकै परिवारका ३ जना नेपाली र २ जना भारतीय नागरिकको पहिरोमा पुरिएर मृत्यु भएको छ । दार्चुला नजिकैको पारीपट्टीको घट्टेधारमा भारतीय युके ०५ पीए १२८१ नम्बरको जीपमा नेपालतर्फ आइरहेका ३ नेपालीको ज्यान गएको हो भने दुई जना गम्भीर घाइते भएका छन् । पहिरोमा परी दुई भारतीय नागरिकको पनि ज्यान गएको छ ।

मृत्यु हुनेहरुमा दुहु गाउँपालिका–१, पिपलचौरी सौतोलीका ३५ वर्षीया हिरादेवी बम, उहाँका १७ वर्षीय छोरा ओमकार वम र १४ वर्षीया छोरी प्रियंका बमको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका उपरीक्षक केदार खनालले जानकारी दिनुभयो । दुर्घटनामा पिथौरागढ जिल्ला जुमा ग्राम पञ्चायतका गाडी चालक ३२ वर्षीय विनोद विश्वकर्मा र सोही ठाउँका झुछाल सिंहकोसमेत मृत्यु भएको भारतीय प्रहरीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घाइतेहरुमा २४ वर्षीय डमरी बम र २१ वर्षीय माधुरी बम छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :