भारतीय सेना प्रमुखको अभिव्यक्तिविरुद्ध अखिल (क्रान्तिकारी)द्धारा विरोध प्रदर्शन


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) लुम्बिनी व्युरो अन्तर्गतका जिल्लाहरु रुपन्देही, पाल्पा, नवलपरासी र अर्घाखाँचीमा भारतद्वारा अतिक्रमण गरिएको नेपाली भूमि लिपुलेकबारे भारतीय प्रधानसेनापति मनोजमुकुन्द नराभनले दिएको आपत्तिजनक अभिव्यक्तिविरुद्ध विरोध प्रदर्शन गरेका छन् ।

विद्यार्थीहरुले नराभनले दिएको अभिव्यक्ति नेपालको सार्वभौमसत्तामाथिको हमाला भन्दै तत्काल यसलाई सच्चाउन माग गर्दै विरोध प्रदर्शन गरेका हु्न् । उनीहरुले भारतीय साम्राज्यवादले नेपाली भूमिमाथि गर्दै आएको अतिक्रमण तत्काल रोक्नुपर्ने माग गर्दै राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डता जोगाउनका लागि जीवन बलिदान गर्न तयार रहेको बताएका छन् ।

विरोध प्रदर्शनमा विद्यार्थीहरुले ‘भारतीय साम्राज्यवाद–मुर्दावाद ! लिपुलेक, कालापानी, लिम्पियाधुरा हाम्रो हो ! भारतीय सेनापतिको अभिव्यक्ति–मुर्दावाद ! सन् १९५० लगायतका सम्पूर्ण असमानसन्धि खारेज गर !’ लगायतका नाराहरु प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका थिए ।

बैशाख २२ गते भारत सरकारले लिपुलेक हँुदै मानसरोवर जोड्ने बाटो भारतले एकतर्फी खनेर उद्घाटन गरेको समाचार सार्वजनिक भएको थियो । यसका विरुद्ध देशभर नेपालीहरुले विरोध गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :