देशभर नरेन्द्र मोदीको पुतला जलाइयाे


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क समन्वय समाज केन्द्रीय समितिले भारतले लिपुलेकमा नेपाली भू–भागमा सडक निर्माण गरेको विरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ । नेपाली भूमि लिपुलेकमाथि भारतीय साम्राज्यवादले गरेको अतिक्रमणका विरुद्ध केन्द्रीय कार्यक्रमअनुसार सोमबार काठमाडौँमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका पुतला जलाइएको हो ।

जनगणतान्त्रिक सम्पर्क समाजले काठमाडौंको चण्डोलमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन गरी, ‘भारतीय साम्राज्यवादी अतिक्रमण बन्द गर ! भारतीय साम्राज्यवाद मुर्दावाद ! लिपुलेक–कालापानी–लिम्पियाधुरा हाम्रा हुन् !’ भन्ने नारासमेत लगाएको सम्पर्क समाजका केन्द्रीय सदस्य खेम प्रधानले बताए ।

त्यसैगरी, भारतीय साम्राज्यवादद्वारा लिम्पियाधुरा, लिपुलेक र कालापानीमा गरिएको अतिक्रमणका विरुद्धमा नेपाल कम्युनिस्ट पार्टीद्वारा घोषणा गरिएको केन्द्रीय कार्यक्रमअनुसार मोदीको पुतला दहन कार्यक्रम अन्तर्गत बझाङको थलारा गाउँपालिका र दुर्गाथली गाउँपालिकामा भब्यरूपमा सप्पन्न भएको छ ।

उक्त कार्यक्रममा नेकपाका बझाङ जिल्ला इन्चार्ज बिराटलगायत जिल्लाका नेताकार्यकर्तासँगै स्थानीय जनसमुदायको व्यापक सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :