दैलेखका तीन ठाउँमा मोदी र वलीका पुतला जले


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी दैलेखले जिल्लाका तीनवटा ठाउँमा मोदीको पुतला जलाएको छ । नेपाली भूमि लिपुलेकमाथि भारतीय साम्राज्यवादले गरेको अतिक्रमणका विरुद्ध केन्द्रीय कार्यक्रमअनुसार सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी वलीका पुतला जलाइएको हो ।

आठबिस नगरपालिकामा भएको पुतलादहन कार्यक्रममा पार्टीका जिल्ला सदस्य तथा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रकाश र अखिल क्रान्तिकारी दैलेखका अध्यक्ष सुदर्शन सहभागी थिए ।

जिल्लाको ठाटीकाँध गाउँपालिकामा नेकपा जिल्ला सदस्य सङ्केत र पवित्राको नेतृत्वमा र नौमूले गाउँपालिकामा आदिमको नेतृत्वमा मोदी र वलीको पुतला जलाइएको छ । भारतीय साम्राज्यवाद मुर्दावाद, लिपुलेक–लिम्पियाधुरा हाम्रा हुन्, लिपुलेकमा सडक निर्माणकार्य बन्द गरलगायत भन्ने नारासहित कार्यक्रम सम्पन भएको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :