सुमनसिंह फेरि गिरफ्तार


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका जिल्लास्तरीय नेता सुमनसिंह पौडेल धरौटीमा रिहा भएलगत्तै पुनः गिरफ्तार भएका छन् । झापा जिल्ला कारागार चन्द्रगढीमा रहेका पौडेल सोमबार २ लाख २५ हजार धरौटी तिरेर रिहा भएका थिए ।

रिहा भएलगत्तै प्रहरीले उनलाई पुनः गिरफ्तार गरेको हो । पौडेललाई सुनसरीको धरान लगिएको बुझिएको छ । उनी २०७६ पुस १२ गते नेकपाकी केन्द्रीय सदस्य तथा पूर्वमेची–कोसी ब्युरो इन्चार्ज उमा भुजेलसहित सुनसरीबाट गिरफ्तार भएका थिए । नेत्री भुजेल कारागारमै छिन् ।

सुनसरी जिल्ला अदालतले माघ १० गते धरौटीमा रिहा गरेलगत्तै प्रहरीले गिरफ्तार गरी उनलाई झापा पुर्याएको थियो । पौडेल पूर्वमेची–कोसी ब्युरो कार्यालयका सचिव हुन् ।

त्यसअघि पुस ११ गते मोरङबाट जिल्ला इन्चार्ज नरेश चौलागाईं र क्षितिज पौडेल गिरफ्तार भएका थिए । क्षितिज रिहा भइसकेका छन् । उनी रिहा भएलगत्तै सरकारी पार्टीमा पलायन भएका छन् भने इन्चार्ज चौलागाईं अझै प्रहरी हिरासतमा छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :