काठमाडौं/असार २० : अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, केन्द्रीय समितिको आयोजनामा हुन गइरहेको महासङ्घका केन्द्रीय कोषाध्यक्ष आरोह नेपालीको ‘देशको माया’ नामक गीति एल्वमको विशेष परिचर्चा कार्यक्रम असार २१ गते (बुधबार) ठीक १२ बजे, सांस्कृतिक संस्थान, राष्ट्रिय नाचघरको मिनी सभाकक्ष, जमलमा हुने भएको छ । कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश वली ‘सुर्दशन’, अतिथिहरुमा भूपाल राई, सुरेश अधिकारीलगायतले टिप्पणी गर्नुहुनेछ ।
प्रतिक्रिया दिनुहोस्