भाडामा बस्ने विद्यार्थीलाई राहत उपलब्ध गराउ : अखिल (क्रान्तिकारी)


काठमाडाैँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) जिल्ला समिति रुपन्देहीले अध्ययनका लागी डेरा गरी बस्ने विद्यार्थीहरुलाई राहत उपलब्ध गराउन माग गरेको छ । कोभिड १९ को महामारी र लकडाउनको अवधिमा विद्यार्थीहरुलाई भोकभोकै बस्नुपर्ने स्थिति सिर्जना भएको भन्दै तत्काल राहत उपलब्ध गराउन माग गरेको हो ।

अखिल (क्रान्तिकारी) रूपन्देहीका जिल्ला अध्यक्ष गोपाल रोकाले बिहीबार विज्ञप्ति जारी गरी राज्यको गैरजिम्मेवारीका कारण विद्यार्थीहरु भोकमरीको अवस्था सिर्जना भएको भन्दै राहतको नाममा कुहिएको खाद्यपदार्थ वितरण गरेर जनस्वास्थ्यमा खेलवाड गरेको बताएका छन् । विश्व महामारीका विरुद्ध सबै एकजुट भएर लड्नुपर्ने बेलामा नेपालमा सरकार भ्रष्टाचार, कमिसन र सत्ता लुछाचुँडीमा रहेको भन्दै यस्ता घृणित कार्यप्रति घोर भत्सर्नासमेत गरेका छन् ।

अखिल (क्रान्तिकारी)ले संगठनमाथि लगाएको प्रतिबन्धका बाबजुद पनि अहिले कोभिड १९ विरुद्ध जनचेतना फैलाउने तथा राहत वितरण गर्ने कार्य गरेको भन्दै सङ्कटको बेला खाद्य अभाव भएका बिद्यार्थीहरुलाई थप राहत वितरण गर्न संगठन तत्पर रहेको बताएको छ । विज्ञप्तिको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :