सम्पर्क मञ्चको रामेछाप र सिन्धुलीको भेला

काठमाडौँ : जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समाजअन्तर्गत रामेछाप–काठमाडौँको तेस्रो भेला मङ्गलबार सम्पन्न भएको छ । भेलाले रुजन श्रेष्ठको अध्यक्षतामा १२ सदस्यीय रामेछाप–काठमाडौँ सम्पर्क समिति गठन गरेको छ । मञ्चको उपाध्यक्षमा विगुल तामाङ, विपना ओली, र श्याम थापा मगर, सचिवमा ममता खड्का श्रेष्ठ र कोषाध्यक्षमा भोजराज राखेल छन् । त्यस्तै सदस्यहरूमा पूर्ण माझी, गणेश सुनुवार, पर्वत श्रेष्ठ, राजकुमार माझी, होम रखाल लगायत रहेका छन् । मञ्चका सल्लाहकारमा आवाज श्रेष्ठ, यामबहादुर आले र मानबहादुर सारु रहेका छन् । कार्यक्रमको अध्यक्षता रुन्जन श्रेष्ठले गरेका थिए भने प्रमुख अतिथि सुशील बलम्पाकी थिए ।

यस्तै सम्पर्क मञ्चअन्तर्गत सिन्धुली–काठमाडौँको भेला पनि मङ्गलबार नै सम्पन्न भएको छ । भेलाले सुनिल मधेसको संयोजकत्वमा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ । सदस्यहरूमा सीताराम, मुलक, विकास, अमृत, नारायण, राजन, माइकल, दुर्गासहित ११ सदस्य रहेको बताइएको छ । सुनिल मधेसको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि खेम प्रधान थिए । यसअघि जनगणतान्त्रिक सम्पर्क मञ्चकै काभ्रे–काठमाडौँ भेला सम्पन भएको थियो । भेलाले सोलेमान लामाको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति चयन गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :