नेपाल भारत सिमा क्षेत्रमा कोरोना परिक्षण गर्ने श्रोतसाधन र जनशक्ति अभाव

काठमाडौँ : भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि नेपाल भारत सीमाक्षेत्रका मुख्य नाकामा हेल्थ डेस्क संचालन गरिएको छ । तर मुख्य नाकाहरुमा कडाई गरिएपनि सहायक नाकाहरुमा कडाई गरिएको छैन । हेल्थ डेस्क राखिएका नाकाहरुमा पनि आवश्यक श्रोत साधन र जनशक्तिको अभाव छ । जसको कारण नाकाबाट आवात जावत गर्ने सबैको परिक्षण गर्न सम्भव छैन । यस्तै सिमा क्षेत्रमा भारतीय नम्बर प्लेटका सवारी साधन निर्वाधरुपमा नेपाल प्रवेश गरिरहेका छन् भने नेपालबाट भारतका विभिन्न ठाँउमा संचालन हुने बस सेवा पनि रोकिएको छैन । जसको कारण भारतमा नेपाल प्रवेश गर्ने जोकोहीले पनि महामारी लिएर आउने संभावना प्रबल हुँदा नेपाल कोरोनाको उच्च जोखिममा छ भन्न सकिने अवस्था छ ।

कोरोनाको केन्द्र युरोप

कोरोना भाइरसले बिश्वभरी नै हलचल मच्चाईरहेकोबेला डब्ल्यूएचओले कोरोना भाइरस महामारीको केन्द्र अब युरोप रहेको बताएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एडहानोम गेहब्रेयससले कोरोनो विरुद्ध प्रभावकारी कदम चाल्न आग्रह गरेका छन् । उनले युरोपमा कोरोनाभारइसबाट मुत्यु हुने र संक्रमीत हुनेको दर बढेकोमा चिन्ता ब्यक्त गर्दै मानिसहरुबीच दूरी कायम राख्न आग्रह गरेका छन् । इटालीमा २४ घन्टामै २५० जनाको मृत्यु भएको, इस्पेन, फ्रान्स, जर्मन लगायतका देशहरुमा संक्रमण बढिरहेको अवस्थामा डब्ल्यूएचओले कोरोनाको केन्द्र युरोप सरेको बताएको हो ।

अमेरिकामा संकटकाल

कोरोना कारण ४० जनाको मुत्यु र १७ सय भन्दा बढि मानिसमा संक्रमण देखिए पछि अमेरिकामा संकटकाल घोषणा गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति भवनबाट प्रत्यक्ष सम्बोधन गर्दै संकटकालको घोषणा गरेका हुन् । सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले सबै मिलेर कोरोनोलाई परास्त गर्न सकिने विश्वास ब्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :