युवा सङ्गठन नेपाल कपिलवस्तुका सचिव चन्दलाई रिहा नगरिए प्रतिरोधमा उत्रिने चेतावनी


काठमाडौँ : युवा सङ्गठन नेपाल कपिलवस्तुले आफ्नो सङ्गठनका जिल्ला सचिव दिलीप चन्दलाई बिनापुर्जी र बिनाकारण गिरफ्तार गरिएकोमा घोर भत्र्सना गर्दै तत्काल रिहा गर्न माग गरेको छ । सङ्गठनका जिल्ला अध्यक्ष बादलले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै चन्दलाई राजपुर नगरपालिका बानियाभारबाट २०७६ फागुन २९ गते अपहरणशैलीमा गिरफ्तार गरिएकाले तत्काल ससम्मान रिहा गर्न जोडदार माग गरेका हुन् ।

युवा सङ्गठन नेपाल कपिलवस्तुका अध्यक्ष बादलद्वारा हस्ताक्षरित विज्ञप्तिमा देशभक्त, क्रान्तिकारी युवाहरूमाथिको फासिवादी दमनका घृणित हर्कत नरोके त्यसको जबाफ महँगो हुने चेतावनीसमेत दिइएको छ ।
यस्तो छ विज्ञप्ति ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :