नयाँ सत्ताले लगायो मदिरा बेचबिखन र प्रयोगमा प्रतिबन्ध

अटेर गरे परिणाम गम्भीर हुने चेतावनी


काठमाडौँ : नेपाल कमयुनिस्ट पार्टी भेरी–कर्णाली स्वायत्त प्रदेश, जनपरिषद् कालीकोटले प्रेस विज्ञप्ति जारी गर्दै जिल्लामा स्टिकर लगाइएका र घरेलु दुवैखाले मदिरा उत्पादन, बिक्रीवितरण र प्रयोगमा प्रतिबन्ध लगाइएको घोषणा गरेको छ । जिल्ला जनपरिषद् कालीकोटका प्रमुख अर्जुन विश्वकर्माद्वारा जारी प्रेस विज्ञप्तिमा सरकारले दिन–प्रतिदिन सामाजिक विकृति र विसङ्गतिका रूपमा रहेको जाँडरक्सी र जुवातासलाई नियन्त्रण गर्नुको साटो स्थानीय उत्पादनका रूपमा रहेका घरेलु उद्योगलाई विस्थापित र अरू विदेशी स्टिकरवाला रक्सी खरिदबिक्रीलाई वैधानिकता दिन लाइसेन्स वितरण गरेर विकृतिलाई प्रोत्साहन दिइरहेकाले समाजमा युवकयुवतीहरूलाई सामाजिक विकृतिमा फस्न बाध्य पारेर समाजलाई अधोगतितिर धकेल्ने घृणित चाल चालिरहेकाले उक्त प्रतिबन्ध लगाउनुपरेको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान दुई तिहाइ बहुमतको नेतृत्व गरिरहेको केपी सरकारले दिन–प्रतिदिन सामाजिक विकृति र विसङ्गतिका रूपमा रहेको जाँडरक्सी र जुवातासलाई नियन्त्रण गर्नुको साटो स्थानीय उत्पादनका रूपमा रहेको घरेलु उद्योगलाई विस्थापित र अरू विदेशी स्टिकरवाला रक्सी खरिदबिक्रीलाई वैधानिकता दिन लाइसेन्स वितरण गरेर विकृतिलाई प्रोत्साहन दिइरहेकाले समाजमा शान्ति, अमनचैन र सुसंस्कारको विकास गर्ने होइन, समाज विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने युवकयुवतीहरूलाई सामाजिक विकृतिमा फस्न बाध्य पारेर समाजलाई अधोगतितिर धकेल्ने घृणित चाल चालिरहेको छ । यसबाट जनतामा दिन–प्रतिदिन आक्रोश बढ्दै गएको छ । स्वयम् सरकारबाटै जनता पीडित भएको महसुस गरिरहेका छन् ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘आजभन्दा एक वर्षअगाडि हाम्रो पार्टी र युवा सङ्गठनको नेतृत्वमा भएको जाँडरक्सी, जुवातास नियन्त्रण अभियानबाट जनताले शान्ति, अमनचैन र सामाजिक सद्भाव कायम भएको अनुभूति गरिरहेको बेला विभिन्न बहानाबाजी गरी पुनः समाजलाई विकृतियुक्त समाजतिर धकेल्ने कार्य भयो । यी सबै कुरालाई ध्यान दिँदै जिल्ला जनपरिषद् कालीकोटले आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरी बाहिरबाट आयात हुने स्टिकरवाला मदिरा र घरेलु मदिरालाई अबको दिनबाट सेवन र बेचबिखन नगर्न र नगराउन यसै प्रेस विज्ञप्तिमार्फत कालीकोटबासी सम्पूर्ण उद्यमी, व्यवसायी र सम्पूर्ण कालीकोटबासी आमा, बुवा दाजुभाइ, दिदीबहिनीहरूमा अनुरोध गर्दछाैँ । अन्यथा उत्पन्न हुने क्षति र आउने समस्याको जिम्मेवारी स्वयम् हुने कुरा जानकारी गराउँछौँ ।’ विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :