दाङमा युवाहरुको प्रदर्शन

दाङ : नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल दाङले नेपाली राष्ट्रियतामाथि साम्राज्यवादी हस्तक्षेप विरुद्ध युवा प्रदर्शन गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका १७ मा युवाहरूको विराेध प्रदर्शनसहित कोणसभा सम्पन्न गरेको छ ।
कोणसभालाई युवा संगठन दाङका अध्यक्ष विराटले सम्बोधन गरेका थिए । कार्यक्रममा बोल्दै उनले राष्ट्रियता अहिले झन् गम्भीर संकटमा रहेको भन्दै त्यसको रक्षाको लागि सम्पूर्ण युवाहरू एकजुट भएर संघर्षमा जानु पर्ने बताए ।

सोही क्रममा तुलसीपुर १७ नम्बर वडा स्तरीय युवा संगठन कमिटी गठन गरिएको छ । नविनको अध्यक्षतामा १३ सदस्यीय कमिटी गठन गरिएको र कार्यक्रमको सञ्चालन युवा संगठनका जिल्ला उपाध्यक्ष जमिनले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :