प्रकाण्डका छोरा नरेन्द्रलाई हिरासतमा करेन्ट लगाइयो


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकलाई हिरासतमा करेन्ट लगाएर यातना दिएको समाचार प्राप्त भएको छ । प्रहरीले नरेन्द्र विकलाई प्रकाण्ड कहा छन ? पार्टीको भावी योजना के छ ? भन्दै निर्घात कुटपिट गर्नुका साथै करेन्ट लगाएर बयान लिएको बुझिएको छ । विकलाई प्रहरीले सोमबार मध्य बानेश्वरबाट गिरफ्तार गरी अपराध महाशाखा, टेकु पुर्याएको थियो ।

टेकु हिरासतमा रहेका बिकमाथि शारीरिक तथा मानसिक यातना दिइएको भन्दै उनको मानवअधिकारको रक्षा गरिदिन माग गर्दै शुक्रबार परिवारले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिए पनि अहिलेसम्म कुनै सुनुवाई नभएको उनको परिवारले बताएको छ ।

२५औं जनयुद्ध दिवस मनाउने क्रममा अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकलालाई पनि गिरफ्तार गरी हिरासतमै राखेको छ । अखिल (क्रान्तिकारी)ले सरकारद्धारा गैह्रन्यायीक रुपमा गिरप्तार गरिएका सबै विद्यार्थी नेता कार्यकर्ताहरुको विना सर्त तत्काल रिहाईको माग गर्दै संघर्षका कार्यक्रमहरु घोषणासमेत गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :