मिटर ब्याजमा ठगी गरि हडप्न खाेजेकाे जग्गा जनपरिषदद्वारा कब्जा

काठमाडौं : जग्गा नै मिटर ब्याज सिस्टममा ठगी गरि हडप्न खाेजेकाे विवादास्पद जग्गा दाङ जिल्ला जनपरिषदले कब्जा गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका ८ स्थित बुटनियामा रहेको उक्त जग्गा मिटर ब्याज सिस्टम ठगी गरि हडप्न खाेजेकाेले विवाद समाधान नहुँदासम्म कुनै पनि व्यक्ति वा संघ संस्थाले बिक्रीवितरण नगर्न चेतावनीसहित जग्गा कब्जा गरिएको ब्यानर र अपिल जारी गरिएको छ ।

जिल्ला जनपरिषदले दाङले उक्त सूचनालाई वेवास्ता गरि जग्गा बिक्रीवितरण गरेको पाइएमा कडा कारबाही गर्न बाध्य हुने चेतावनी पनि दिएको छ ।

करिब १५ कठ्ठामा फैलिएको उक्त जग्गा कब्जा किन ?

१) २०६६ सालमा अक्षरुपी ४ लाख ५० हजारमा फिर्ता गर्ने सर्तमा धिताे राखि पटकपटक फिर्ता माग्दा पनि विभिन्न बहाना गरि नदिएको
२) २०६९ सालमा जालसाँची गरि विचाैलियाहरुद्वारा परिबन्धमा पारि दाेस्राे व्यक्तिलाई मिटर ब्याज सिस्टममा छिनुवा दिएको
३) पटकपटक सम्बन्धित व्यक्तिहरुलाई भेटी जग्गा फिर्ता माग्दा उल्टै डर धम्की दिएको
४) विभिन्न राजनीतिक दल, समाजसेवी र प्रशासनकाे राेहबरमा छलफल गर्दा पनि समाधान नदिएको र पिडितले न्याय नपाएको

नाेट: अपिल पत्रमा सम्बन्धित पक्षहरुकाे नाम खुलाइएको छैन । अावश्यकताअनुसार खुलाइनेछ । याे जग्गा काराेबारमा केही कमिसनखाेर, विचाैलियाकाे सम्लंग्नता पनि पाइएको छ । विवाद समाधान नगरी बिक्रीवितरण र कुनै प्रयाेजन गर्न खाेजे अावश्यक कारबाही हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :