सुकुमबासीमारा, जग्गा दलालसँग लिएको पैसा पचाउन अनर्गल प्रचार : नेकपा


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय प्रकाशन विभागले प्रेस विज्ञप्ति जारी गर्दै सुकुमबासीमारा विमल बस्यालसँग लिएको कथित चन्दा फिर्ता गर्न पार्टीले दबाब दिएपछि त्यो रकम पचाउन र आफ्नो कमजोरी छोप्न गरिएका हल्लाहरू भ्रमपूर्ण र खेदजनक रहेको स्पष्ट पारेको छ ।

विभागका फ्र्याक्सन इन्चार्ज विरहीले मङ्गलबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘केही दिनयता सञ्चार र सामाजिक सञ्जालमा नेकपाका नेताहरू र सञ्चारकर्मी भीमप्रसाद चापागाईं, सिर्जना तिमिल्सिनालगायतलाई बदनाम गर्ने र आफ्नो कमजोरी ढाकछोप गर्ने बदनियतपूर्ण विभिन्न टीकाटिप्पणी, भ्रमहरू प्रवाह भइरहेका छन् । कैलाली हरैया जग्गा दलाल तथा सुकुमबासीमारा विमल बस्यालसँग लिएको कथित चन्दा फिर्ता गर्न पार्टीले दबाब दिएपछि त्यो रकम पचाउन र आफ्नो कमजोरी छोप्न गरिएका हल्लाहरू भ्रमपूर्ण र खेदजनक भएको स्पष्ट गरिन्छ ।’ विज्ञप्तिको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :