सहिदहरुको सम्झनामा चितवनको विभिन्न ठाउँमा स्मृति सभा सम्पन्न

चितवन : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी रूपमा माघ १६ गते सहिद दिवस कार्यक्रम गर्ने केन्द्रीय कार्यक्रम अनुसार नेपालको परिवर्तनकारी आन्दोलनमा विभिन्न समयमा आफ्नो जीवनको बलिदान दिनुहुने महान शहिदहरुको सम्झनामा बिहिबार चितवनको भरतपुर महानगरपालिका, कालिका, राप्ती नगर कमिटी, माडीको खैरेनी लगायत विभिन्न ठाउँमा कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा वक्ताहरूले नेपालको हरेक परिवर्तनकारी आन्दोलनमा आफ्नो अमुल्य जीवनको बलिदान गर्नुहुने महान शहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका थिए । जहानिया राणाशासनविरुद्धको आन्दोलन, जनयुद्ध, विभिन्न जनआन्दोलन र एकीकृत जनक्रान्तिको कडीलाई जोड्नका लागि यस वर्षदेखि नेपाल कम्युनिस्ट पार्टीले शहिद दिवस मनाउने कार्यक्रमको सुभारम्भ गरेको छ । राणाशासनका विरुद्ध सङ्घर्ष गर्ने क्रममा सन् १९९७ सालमा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथचन्दको निर्ममतापुर्वक हत्या गरिएको थियो ।

साथै वक्ताहरुले वैज्ञानिक समाजवादी व्यवस्थाको विकल्प नभएकोले नेकपामाथि लगाइएको प्रतिबन्ध खारेज हुनुपर्ने, अमेरिकी साम्राज्यवादको रणनीतिक योजनामा नेपालमा ल्याइएको इण्डोप्यासिफिक रणनीति र एमसीसी खारेज गर्नुपर्ने र राष्ट्रियताको पक्षमा थप सङ्घर्ष गर्नुपर्ने बताएका थिए ।

गतिशीलको सभापतिमा प्रमुख वक्ता सेक्रेटरी जगदिश शर्मा रहेका थिए भने सञ्चालन इश्वर लामाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :