सुकुमबासीलाई विस्थापित गरे जनकारवाही गर्ने नेकपाको चेतावनी


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी कैलाली जिल्लाले भुमाफिया तथा दलालहरुले सुकुमबासी बस्ती बसेका जमिनहरुलाई खाली गर्दै विक्री वितरण गरिरहेको अवस्थामा २०५० सालदेखि बाढीपिडितको रुपमा बस्दै आएका कैलालीको घोराघोडी नगरपालिका ३ भोजपुर बस्तीमा अदालतको फैसलाका नाममा केही भूमाफिया तथा दलालहरुको मिलोमतोमा अदालतले गरेको निर्णयप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएको छ । जिल्ला सेक्रेटरी करणले शुक्रबार प्रेस विज्ञप्ति निकाली २०५५ सालको सुकुमबासी आयोगको अध्यक्ष बिरबहादुर हमाल लगायत केही अमुख व्यक्तिहरुको संलग्नतामा भूमाफिया अनिपाल भण्डाराको नाममा उक्त जमिन भएको भन्ने जाल साँची गरी बाढीपिडित, सुकुमबासी, मुक्तकमैया र थारु बस्तीको उठिबास लगाउने घृणित कार्यप्रति जस्तो सुकै कडा संघर्ष गर्नपछि नहट्ने र सुकुमबासी बस्तीको जमिनसँग जोडिएका दलाल भूमाफिया बिरबहादुर हमाल र अनिपाल भण्डारा सुकुमबासीलाई विस्थापित गर्न लागी परे जनकारवाही गर्ने चेतावनी दिएका छन् ।

कैलाली जिल्ला सेक्रेटरी करणले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो जनप्रिय तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी सुरुदेखि नै वैज्ञानिक भूमिसुधार लागु गर्न पर्ने विषयमा आत्मसात गरिरहेको सर्वविदितै छ । देशको वर्तमान राज्य प्रणाली र यसका मतियारहरु विश्वमा असफल सिद्ध संसदीय व्यवस्थालाई मलजल गरी लोकतन्त्रका नाममा जनतालाई भित्र विष लुकाइएको गुलियो मिठाई वितरण गरी लुट मचाइरहेको अवस्था छ । केपी–पिके कम्पनीको वर्तमान कमाउनिष्ट सरकारले देशको राष्ट्रिय स्वाधिनतालाई बन्दक बनाएर राष्ट्रघात र जनघात थुपार्ने र यसको विरोध गर्ने पार्टीलाई प्रतिबन्ध लगाइरहेको अवस्थामा यसको फाइदा उठाउँदै केही भुमाफिया तथा दलालहरुले सुकुमबासी बस्ती बसेका जमिनहरुलाई खाली गर्दै विक्री वितरण गरिरहेको अवस्थामा २०५० सालदेखि बाढीपिडितको रुपमा बस्दै आएका कैलालीको घोराघोडी नगरपालिका ३को भोजपुर बस्तीमा पनि अदालतको फैसलाका नाममा केही भूमाफिया तथा दलालहरुको मिलोमतोमा अदालतले गरेको निर्णयप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’

सेक्रेटरी करणले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘यस्तै तत्कालीन २०५५ सालको सुकुमबासी आयोगको अध्यक्ष बिरबहादुर हमाल लगायत केही अमुख व्यक्तिहरुको संलग्नतामा भूमाफिया अनिपाल भण्डाराको नाममा उक्त जमिन भएको भन्ने जाल साँची गरी बाढीपिडित, सुकुमबासी, मुक्तकमैया र थारु बस्तीको उठिबास लगाउने घृणित कार्यप्रति पार्टीले खेद व्यक्त गर्नुकासाथै सोही स्थानबाट गृह प्रशासनको आडमा सुकुमबासी बस्तीलाई उजाड गर्ने भूमाफिया तथा दलालहरु विरुद्ध पार्टी जस्तो सुकै कडा संघर्ष गर्नपछि नहट्ने र सुकुमबासी बस्तीको जमिनसँग जोडिएका दलाल र भूमाफिया बिरबहादुर हमाल र अनिपाल भण्डारा सुकुमबासीलाई विस्थापित गर्न लागी परे जनकारवाही गर्ने कुरा यसै प्रेस विज्ञप्तिमार्फत जानकारी गराइन्छ ।’ विज्ञप्तिको पूर्णपाठ…..

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :