प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको सम्मान गर

काठमाडौँ : रातो खबर प्रकाशन गृह प्रा.ली.का प्रबन्ध निदे्रशक भिमप्रसाद चापागाँईलाई गिरफ्तार गरिएको विषयलाई लिएर जनपत्रकार संगठन नेपालले ध्यानाकर्षण भएको बताएको छ ।  संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे र महासचिव हिम विष्टले प्रेस विज्ञप्ति जारी गर्दै चापागाँईको गिरफ्तारी अभिब्यक्ति स्वतन्त्रतामाथिको निरङकुश रवैयाको पछिल्लो कडि भएको बताएका छन् । साथै जनपत्रकार संगठनले प्रकाशन गृहका निद्रेशक चापागाँईलाई विनाशर्त रिहाई गर्न र प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको सम्मान गर्न सरकारसँग माग गरेको छ ।
विज्ञप्ति सहित :


२०७६ पुष १८ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :