एमसिसि र भारतीय अतिक्रमणबिरुद्दको प्रदर्शनमा प्रहरी दमन

 

काठमाडौँ  : नेकपा निकट जनवर्गीय संगठनको संयुक्त मोर्चाले काठमाडौंमा गर्न लागेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी प्रदर्शनकारीहरुलाई गिरफ्तार गरेको छ । एमसिसि र सीमा अतिक्रमणको विरोधमा प्रदर्शन गर्ने तयारी भइरहेको बेला प्रहरीले कार्यक्रममा हस्तक्षेप गरी उनीहरुलाई गिरफ्तार गरेको हो ।
आइतबार काठमाडौको वाल्मिकी क्याम्पसबाट गर्न लागिएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेर नेकपाका पूर्व केन्द्रीय सदस्य मकर गुरुङसहित दुई दर्जन भन्दा बढीलाई पक्राउ गरेको छ । गिरफ्तार गरिएका मध्ये नेपाल पत्रकार महासंघको पहलमा दिपेन्द्र रावल लगायत केही पत्रकारहरुलाई प्रहरीले रिहा गरेको छ । अन्य नेकपानिकट विभिन्न जनवर्गीय संगठनका नेताकार्यकर्ताहरु भने प्रहरी नियन्त्रणमै छन् ।
यसैबिच मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेललाई पनि प्रहरीले गिरफ्तार गरेको छ । भारतले सीमा मिचेको विरोधमा गरिएको प्रदर्शन माइतिघर मण्डलाबाट शुरु भई बानेश्वरतर्फ जादै गर्दा बिजुलीबजार पुल नजिकबाट गजुरेल सहित १५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

२०७६ पुष १३ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :