लुम्बिनीमा संगठन सुदृढिकरण तथा विस्तार अभियान

काठमाडौ : नेपाल कम्युनिस्ट पार्टीले लुम्बिनी ब्युरो अन्तर्गतका जिल्लाहरुमा तिन महिने संगठन सुदृढिकरण तथा विस्तार अभियान शुरु गरेको छ । ब्युरो अन्तर्गतका जिल्लाहरुमा संगठन गठन र पुनर्गठन गरिने सो पार्टीको लुम्बिनी ब्युरोले जनाएको छ । यसैबीच शनिबार पाल्पामा औपचारीक रुपले अभियानको उद्घाटन गरिएको नेकपाका पाल्पा जिल्ला ईन्चार्ज पुर्णबहादुर सिहंले जनाएका छन् । अभियानको अवधिमा पार्टीका तल्लो तहका संरचनाहरु गठन गर्ने र ति संगठनलाई बिचारधारात्मक रुपले कामकाजी संगठन बनाउने उनले बताए । साथै अभियानको अवधिमा विभिन्न जनवर्गीय संगठनका भेला सम्मेलन, गर्नुका साथै एमसिसी र भारतीय अतिक्रमण विरुद्धका कार्यक्रमहरु गरिने बताए । उक्त अभियान पुष, माघ र फागुन गरी ३ महिना सम्म संचालन हुने छ ।
२०७६ पुष १४ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :