अखिल (क्रान्तिकारीको)पाल्पा जिल्ला सम्मेलन सम्पन्न

काठमाडौँ  : अखिल (क्रान्तिकारी)को पाल्पा जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले लङक रानाको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ । संगठनका केन्द्रीय महासचिव प्रकाश शाही सम्मेलनको प्रमुख अतिथि थिए भने नेकपाका पाल्पा जिल्ला इन्चार्ज पुर्णबहादुर सिहं र सेक्रेटरी भुवन जीसी विशेष अतिथि थिए । अन्य अतिथिहरुमा क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य बिरेन्द्र विक, केन्द्रीय सदस्यहरु रमेश गैरे र शारदा भण्डारी, नेकपा निकट युवा संगठन नेपालका लुम्बिनी संयोजक विष्लेषण, पाल्पा जिल्ला जनसरकार प्रमुख मिन बहादुर आले थिए । शनिबार सम्पन्न सम्मेलनमा पाल्पाका विभिन्न ठाउँबाट ब्यापक विद्यार्थीहरु सहभागी थिए । साथै विद्यार्थीहरुका अधिकार र शैक्षिक क्षेत्रमा भइरहेको विकृति र बिसंगती बिरुद्धको अभियान घनिभूत रुपले संचालन गर्ने र संगठन सुदृढिकरण तथा विस्तार अभियानलाई तिब्र बनाउने क्रान्तिकारीले जनाएको छ ।

२०७६ पुष १३ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :