आस्थाको आधारमा गरिने गिरफ्तारी बन्द गर

काठमाडौँ  : नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चाले फरक राजनैतिक आस्था राखेकै कारण सरकारले नेकपा र सो पार्टी निकट जनवर्गीय संगठनका नेताकार्यकर्तालाई गिरफ्तार, धरपकड र यातना दिएको बताएको छ । मोर्चाका केन्द्रीय अध्यक्ष डम्बर विश्वकर्माले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै फरक राजनैतिक आस्था राखेकै कारण सरकारद्वारा गिरफ्तार गरिएका आफ्नो पार्टी र संगठनका नेताकार्यकर्तालाई विनाशर्त रिहाईको माग समेत गरेका छन् ।
अध्यक्ष विश्वकर्माले कात्तिक २६ गते बाजुराको हिमाली गाउँपालीकाको विक्षु गाउँबाट संगठनको कामको सिलसिलामा खटिरहेका मोर्चाका सचिवालय सदस्य बीरबहादुर तिरुवालाई गिरफ्तार गरेको भन्दै तत्काल रिहाईको माग गरेका छन् । नेकपामाथि दमन गरेर विदेशी शक्तिको चलखेललाई बढावा दिन लागेको भन्दै वर्तमान सरकार बास्तविक शान्ति, समृद्धि र विकासको पक्षमा नरहेको अध्यक्ष विश्वकर्माको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :