भारतीय हस्तक्षेपका विरुद्ध सुनसरीमा क्रान्तिकारीको प्रदर्शन

काठमाडौँ :भारतले कात्तिक १३ गते प्रकाशित गरेको राजनीतिक नक्सामा कालापानी, लिम्पियाधुरा, लिपुलेकसहितको नेपाली भू–भाग समावेश गरेपछि अखिल (क्रान्तिकारी)ले देशैभरी प्रदर्शन गरेको छ ।
यसैबीच क्रान्तिकारीले आज अर्थात सोमबार मेचीकोशी ब्युरो अन्तर्गत सुनसरीको इटहरीमा बृहत प्रदर्शन गरेको छ । इटहरीको जनता कलेजबाट शुरु भएको बिरोध ¥याली बिराटनगर बसपार्क हुँदै इटहरी मुख्य सडक बिपि चोकमा पुगी कोणसभामा परिणत भएको थियो । बिरोध ¥यालीमा सुनसरीका विभिन्न कलेजबाट ५ सय भन्दा बढी विद्यार्थीहरु सहभागी थिए । कोणसभामा अखिल (क्रान्तिकारी) सुनसरीका बिजय ताजपुरियाले आफ्नो अन्तिम सास रहदासम्म देशको लागि योगदान दिने भन्दै क्रान्तिकारीले देश बेच्ने दलाल तथा भ्रष्ट सरकारको विरुद्ध कडा आन्दोलन गर्ने बताए ।
काठमाडौँमा ब्यापक विद्यार्थीको उपस्थितिमा प्रदर्शन शुरु गरेको अखिल (क्रान्तिकारी)ले यसअघि  कैलालीको धनगढि, बाँके, कपिलबस्तु, झापा लगायतका ठाँउमा भारतीय हस्तक्षेपको विरुद्ध प्रदर्शन गरेको र उक्त प्रदर्शन जारीरहने अखिल (क्रान्तिकारी)का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :