नेकपाद्वारा देशभर मसाल जुलुस प्रदर्शन


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले शुक्रबार साँझ काठमाडौंको सोह्रखुट्टे, गोङ्गबु चोक, भक्तपुर, ललितपुर, झापा, जनकपुर, चितवन, नवलपसारी, बुटवल, दाङ, बाँके, कैलाली, कञ्चनपुर, अछामलगायत देशभर मसाल जुलुस प्रदर्शन गरेको छ । असोज ३० गते गिरफ्तार भएका पार्टीका मध्यपश्चिम कमान्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’, केन्द्रीय सदस्य सुवाससहित २१ जना र अन्य नेता–कार्यकर्ताको गिरफ्तारीको विरोधमा उक्त कार्यक्रम गरेको नेकपाले जनाएको छ ।

२०७६ कार्तिक १५ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :