स्वास्थ्य समस्याका कारण आराम गर्दै ओली

काठमाडौँ : बुधबार र बिहीबार गरी दुई पटक मिर्गौलाको ‘डायलासिस’ गराएर निवासमै आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अब नियमीत काम बालुवाटारबाटै गर्ने भएका छन् । डाक्टरको सल्लाह अनुसार धेरै आराम आवश्यक परेपछि ओलीले अन्य भेटघाट र बालुवाटारमै आयोजना हुने कार्यक्रम रोकेका छन् । 

ओलीले शुक्रबार नेकपाका अर्का अध्यक्ष पुुष्पकमल दाहाल र रक्षामन्त्री इश्वर पोखे्रलसँग मात्र भेट गरेका थिए । दुई अध्यक्षको कुराकानीपछि आज बिहान १० बजेका लागि पार्टीको सचिवालयको वैठक बोलाइएको छ । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा.कुन्दन अर्यालले उनको स्वास्थ्य अवस्था ठिक भएको र अब दौडधुपको कार्यक्रम कम गराउँदै लैजाने जानकारी दिएका दिए । स्वास्थ्यमा समस्या देखा परेपछि प्रधानमन्त्री ओली बुधबार ग्रान्डी अस्पताल भर्ना भएका थिए ।

अस्पतालमा परिक्षणको क्रममा रगतमा क्रियाटिननको मात्र ५ भन्दा माथि भएपछि बुधबार र बिहीबार गरी २ पटक डायलासिस गरिएको थियो । प्रधानमन्त्री ओलीलाई अब नियमितरुपमा डायलासिस गर्ने वा अर्को मिर्गौला प्रत्यारोपण गर्ने भन्ने दुईवटा विकल्प रहेको चिकित्सकहरुको भनाई छ ।

२०७६ कार्तिक १६ गते शनिबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :